सन् २०१६ अक्टोबर २३ तारिख स्थापना गरिएको नेपाल तामाङ घेदुङ साईप्रसले आफ्नो आठौ वर्षिकोत्सव तथा चौथो अधिवेशन आइतबार सम्पन्न गरेको छ । अधिवेशनबाट ५२ सदस्य रहने गरी नयाँ कार्यसमिति पनि चयन गरेको छ ।
पुराना कार्यसमिति सदस्यहरू कार्य व्यस्तताका कारण साइप्रस भन्दा बाहिर गएपछि घेदुङ साइप्रसको अधिवेशन लामो समय सम्म रोकिएको थियो ।
लिमासोल स्थित इन्डियन रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि ब्रिटिश गोर्खामा कार्यरत अमृत मोक्तान तामाङ थिए भने सल्लाहकार माया लोप्चन तामाङ सभाध्यक्षता र संचालनमा थिइन् साथै अतिथिहरुमा संस्थापक सल्लाहकार अन्जु तामाङ र संस्थापक सदस्य हिरादेवी बोम्जन तामाङ पनि उपस्थितिमा थिइन् ।
यो पटकको अधिवेशनमा खुल्ला मार्फत ४६ जना सदस्यहरू समेत चयन गरिएको नेपाल तामाङ घेदुङ साइप्रसले जानकारी गराएको छ ।
चौथो अधिवेशनबाट अध्यक्ष – प्रदिप तामाङ
वरिष्ठ उपाध्यक्षमा – नानी माया मोक्तान
प्रथम उपाध्यक्ष – विजय स्याङ्बो तामाङ
द्वितीय उपाध्यक्ष – गंगा माया तामाङ
महासचिव – युवराज सिङ्तान तामाङ
सचिव – अजय राज मोक्तान तामाङ
सचिव – मौसमी तामाङ
कोषाध्यक्ष – कमला दोङ तामाङ
सह-कोषाध्यक्ष – अरुण दोङ तामाङ रहेका छन् भने सदस्यहरूमा,
सुमि ग्लान तामाङ, सान्नानी तामाङ, मुनी माया तामाङ, विशाल योन्जन तामाङ, सुरेश तामाङ, मनिषा तामाङ, पासाङ तामाङ, उमा तामाङ, चिनी तामाङ, रबिन तामाङ, विजय कुमार लामा, मिङमार तामाङ, सुदर्शन नेगी तामाङ, सागर तामाङ, गंगा तामाङ, सुकु माया तामाङ, बिकास थोकर तामाङ, चमेली तामाङ, शान्ति तामाङ, सुरज तामाङ, दिपेश गोले तामाङ, मुना तामाङ, सुर्य माया मोक्तान, सुर्य बहादुर तामाङ, प्रबिन तामाङ, प्रकाश तामाङ, सरस्वती तामाङ, जितेन तामाङ, अजय लामा, सुरज तामाङ, तारा घले, माया तामाङ, सोम बहादुर तामाङ, रोजन तामाङ, मान बहादुर तामाङ, कविता तामाङ, तारा तामाङ, लक्ष्मी तामाङ, राम बहादुर तामाङ, अन्जु लामा तामाङ, पूजा तामाङ, टुल्कु तामाङ र विजय तामाङ रहेका छन् ।