14.4 C
Cyprus
Sunday, June 1, 2025
Homeजानकारीमगर संघले सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाउने

मगर संघले सांस्कृतिक कार्यक्रम गरी माघे संक्रान्ति मनाउने

साइप्रस । नेपाल मगर संघ युरोप शाखा समिति साइप्रसले यही आउँदो जनवरी १२‌ तारिख आइतबारका दिन आफ्नो सांस्कृतिक कार्यक्रमको आयोजना गर्दैछ । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि मगर संघ साइप्रसले माघे संक्रान्तिको अवसर पारी उक्त कार्यक्रम गर्न लागेको हो ।

आफ्नो भाषा कला संस्कृति जगेर्ना गर्नुका साथै परम्परागत मगर खानाहरूलाई अन्य समुदायमा पुर्‍याउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको मगर संघले बताएको छ । सो कार्यक्रममा मगर भाषा कला संस्कृति सँगसँगै अन्य जात जातिहरूको संस्कृतिलाई पनि प्रस्तुत गरिने खुलाएको छ ।

विगतका वर्षहरूमा नेपालबाट राष्ट्रिय कलाकार बोलाएर कार्यक्रम गर्ने गरिएको थियो तर योपटक भने साइप्रसमा रहेका स्थानीय कलाकारहरुलाई मात्रै पहिलो प्राथमिकतामा राखी कार्यक्रम गर्न लागिएको नेपाल मगर संघ साइप्रसका अध्यक्ष दर्शन मगरले सिवाई खबरलाई जानकारी गराउदै कलाकारहरूले पनि आफ्नो प्रतिभालाई उजागर गर्न सकुन भन्ने उद्देश्य रहेको थप्नु भयो ।

कार्यक्रममा पुष्पा मगर, जीवन राना मगर, सियाना मगर, बिनीता मगर, सपना पुन, एलिसा मगर, पवित्रा राई, सानु मगर, उमा महतो, समिर क्षेत्री, सपना गैरे, सबिना गुरुङ, सरु मगर, रेनुका मगर, उमा तामाङ र जिएस्ना तामाङले प्रस्तुति दिनेछन् ।

सांस्कृतिक कार्यक्रममा नेपाली समुदायको गरिमामय उपस्थितिका लागि संघले हार्दिक अनुरोध गरेको छ । कार्यक्रममा आउनका लागि विभिन्न सहरहरूबाट बस सेवा राखिएकाले आफ्नो पायक पर्ने स्थानका साथीहरुसँग सम्पर्क गर्न पनि भनेको छ ।

कार्यक्रम निकोसियामा रहेको आन्तोनाकिस म्युजिक हलमा बिहान ११ बजेदेखि दिउँसो ४ बजे सम्म हुदैछ ।

 

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Todays Exhcange

- Advertisment -
Google search engine

Most Popular

Recent Comments