15.9 C
Cyprus
Sunday, June 1, 2025
Homeजानकारीमनाइने भो कलाकार मिलन लामासँगै साइप्रसमा सोनाम ल्होछार

मनाइने भो कलाकार मिलन लामासँगै साइप्रसमा सोनाम ल्होछार

केहि समय पहिलाका चर्चित लोकदोहोरी गायक मिलन लामा साइप्रस आउने भएका छन् । फेब्रुअरी ९ तारिख हुन गइरहेको तामाङहरूको मौलिक पर्व सोनाम ल्होछारको अवसर पारेर उनी कार्यक्रमका लागि आउन लागेका हुन् ।

लिमासोलमा रहेको नेपाली रेस्टुरेन्ट गोर्खा किचनले सोनाम ल्होछारका लागि गायक लामालाई साइप्रस ल्याउन लागेको हो । गोरखा किचन कार्यक्रमको मुख्य आयोजकमा रहेको छ ।

कार्यक्रममा गायक मिलन लामाले आफ्ना चर्चामा रहेका माझी दाई पोखरा, छम्म छम्म नाचिदेउ, तामाङ सेलो लगायत अन्य गीतहरु प्रस्तुत गर्नेछन् । भने स्थानीय कलाकारहरूले पनि आफ्नो प्रस्तुति दिनेछन् । कार्यक्रमको पूर्ण विवरण लिएर छिटै आउने आयोजकले जानकारी गराएको छ । त्यसो त कार्यक्रम सम्बन्धीको पहिलो पोस्टर भने सार्वजनिक भई सकेको छ ।

कार्यक्रम लिमसोलमा रहेको नियो फियस्टा बेन्क्युट हलमा हुँदैछ । गायक मिलन लामाको यो साइप्रस आगमन दोस्रो पटक हो । यो भन्दा पहिला २०२३ फेब्रुअरी १२ तारिख नेपाल तामाङ घेदुङ साइप्रसद्वारा आयोजना गरिएको सोनाम ल्होछार विशेष कार्यक्रमकै लागि उनी साइप्रस आएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Todays Exhcange

- Advertisment -
Google search engine

Most Popular

Recent Comments