14.4 C
Cyprus
Sunday, June 1, 2025
Homeसमाचारमेलिना राईले गरिन् लाहुरेसँग बिहे

मेलिना राईले गरिन् लाहुरेसँग बिहे

गायिका मेलिना राईले शुक्रबार इलामका प्रेमी ध्रुव गुरुङसँग परम्परागत रूपमा विवाह गरेकी छिन् । गुरुङ ब्रिटिश सेनामा कार्यरत छन् । उनीहरूले छोटो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।

राइ र गुरुङको विवाह समारोह शुक्रवार गोकर्णेश्वरको हिमाली घर रिसोर्टमा गरिएको थियो ।

विवाहमा दुवै तर्फबाट नजिकका आफन्त, इष्टमित्र गायक गायिकाको अलवा फिल्मकर्मीहरुको पनि सहभागीता थियो । विवाह स्थलको प्रबेसद्वार मेलिना र ध्रुवको नाम लेखेर सजाइएको थियो ।

मेलिना नेपाली साङ्गीतिक क्षेत्रकी चर्चित गायिका हुन् । उनले आधुनिक, लोक, चलचित्रका थुप्रै गीत संगीतमा हिट गीत गाएकी छिन् ।

विवाहको तयारी केही सातादेखि सुरु भए पनि उनीहरूले इन्गेजमेन्ट केही दिन अगाडि गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Todays Exhcange

- Advertisment -
Google search engine

Most Popular

Recent Comments