14.4 C
Cyprus
Sunday, June 1, 2025
Homeसमाचाररवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की अदालतको आदेश

सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश नीतिज राईको इजलासमा भएको थुनछेक बहसपछि अदालतले बिहीबार लामिछानेलाई रिहा गर्न आदेश दिएको हो ।

लामिछानेसँग अदालतले ६५ लाख रुपैयाँ धरौटी माग गरेको छ । त्यस्तै, छविलाल जोशीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । उनीसँग भने ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

यस्तै, लिला पछाईसँग ३६ लाख, राम खनालसँग १५ लाख, कृष्ण गुरुङसँग १ लाख, मिना गुरुङसँग ५ लाख र आरती गुरुङसँग ५ लाख धरौटी माग गरिएको छ ।

साभार ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Todays Exhcange

- Advertisment -
Google search engine

Most Popular

Recent Comments