साईप्रसबाट अवैध रुपमा स्पेन जाने क्रममा दलालबाट हंगेरीमा सामुहिक करणीको शिकार व्यहोरिकी महिलाको गैरआवसिय नेपाली संघ, हंगेरीले उद्दार गरेको छ । उनको नाम भने गोप्य राखिएको छ ।
सुन्दर भविष्यको परिकल्पना गर्दे आफ्नो ज्यानको बाजी राख्दै साईप्रसबाट स्पेन जाने क्रममा हंगेरीमा नेपाली चेलीमाथि करणीको प्रयास भएको, उनीबाट दलालहरुले चार हजार आठ सय युरो लिएको र उनको दुईवटा मोबाईल पनि खोसेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् हंगेरीका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । उनले भने, ‘उहाँमाथि हंगेरीको एउटा फ्ल्याटमा दलालहरुद्वारा सामुहिक करणीको प्रयास भएको थियो र उहाँले झ्यालबाट भागेर आफ्नो ज्यान बचाउनु भएको थियो। सोही क्रममा उहाँलाई हंगेरीको प्रहरीले उद्वार गरेको थियो ।
पिडितको स्वास्थ्य चेकजाच गरी उनलाई तीन दिनमा आफ्नो देश छाड्न हंगेरी सरकारले आदेश दिएको छ।
पिडित महिला अवैध रुपले त्यहाँ बसेकाले डरको कारण हंगेरीमा ऊजुरी दर्ता गराएकी छैनन् । उनलाई गैरआवासीय नेपाली संघ, हंगेरीको रोहबरमा घरपरिवारलाई सम्पर्क गरि आज नैं साईप्रस हुँदै नेपाल जाने बन्दोबस्त मिलाइएको अध्यक्ष भण्डारीले बताए ।
स्रोत : जनसवालबाट ।